झापामा प्रहरीकाे  गोली लागेर एक जनाको मृत्यु

१० भदौ, झापा । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिन बुधबार दिउँसो सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुने स्थानिय रसकुल आलम भएको बताइएको छ।

उनको उपचारकाक्रममा मृत्यु भएको हो। अघिसम्म प्रहरीमाथि आक्रमण भएपछि झापामा १० राउण्ड हवाई फायर भएको थियो।

झापाको झापा गाउँपालिका( ३ कामाटोलीमा गोरु जस्तो देखिने चौपायाको मासु काट्ने २ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई विर्तामोड ल्याउने क्रममा साढे ६ बजे कामाटोलीमा झडप भएको हो।

करिब २५० जनाले आक्रमण गरेपछि सशस्त्रले १० राउण्ड हवाई फायर गरेको थियो। झडपमा नेपाल प्रहरीका निरीक्षक ९इन्सपेक्टर० र सशस्त्र प्रहरीका एक जवानसहित ३ जना घाइते भएका जनाइएको छ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस