
फाइल फाेटाे
१० भदौ, काठमाडौँ । भारतमा थप ४६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २५ लाख ५७ हजार ७६७ पुगेको छ ।
भारतमा ३ लाख ४० हजार ३२५ जना संक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ६०८ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ३९६ पुगेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार