
९ भदौ, रोल्पा । माओवादीको उद्गम स्थल रोल्पामा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाले संगठन विस्तारलाई तीब्रता दिएको छ । शनिबार पूर्वी रोल्पाको सुलिचौरमा सम्पन्न जिल्ला समितिको बैठकले जिल्लाका स्थानीय तहहरुमा संयोजक र सह–संयोजक चयन गरेको छ ।
रास्वपाका जिल्ला संयोजक रमेश थापा क्षेत्रीका अनुसार सुलिचौरमा सम्पन्न बैठकले लुंग्री गाउँपालिकामा भक्त घर्तीमगर संयोजक र सागर कुमार थापालाई सह– संयोजक, त्रिवेणी गाउँपालिकामा रमेश थापा क्षेत्री संयोजक र भुपेन्द्र सिं वली सह–संयोजक, सुनछहरी गाउँपालिकामा बालाराम डाँगी संयोजक, गंगादेव गाउँपालिकामा भुवन केसी संयोजक र चन्द्र वली सह–संयोजक, रुन्टीगढी गाउँपालिकामा टेकनाथ गिरी संयोजक, सुनिलस्मृति गाउँपालिकामा विक्रम घर्तीमगर संयोजक र कर्णजङ केसी सह–संयोजक, थबाङ गाउँपालिकामा अमृत डाँगी संयोजक र मनोज कुमार बुढालाई सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
त्यस्तै माडी गाउँपालिकामा कमल खडका संयोजक र मन प्रकाश केसी सह–संयोजक, परिवर्तन गाउँपालिकामा गण बहादुर केसी संयोजक र श्यामकुमार विक सह–संयोजक र रोल्पा नगरपालिकामा रमेश थापा क्षेत्री संयोजक र एचवि घर्तीमगरलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
निर्वाचन क्षेत्र समितिको कार्य विभाजन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला निर्वाचन समितिका पदाधिकारीहरुको कार्य विभाजन समेत गरेको छ । समितिको सभापतिमा रमेश थापा क्षेत्री, उप–सभापतिमा भुपेन्द्र सिं वली र सचिवमा बालाराम डाँगी रहेका छन् । त्यस्तै सदस्यहरुमा एचवि घर्तीमगर र मुना डाँगी रहेका छन ।
जिल्ला अनुशासन आयोग गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला अनुशासन आयोग पनि गठन गरेको छ । बालाराम डाँगीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरिएको हो । आयोगका सदस्यमा मुना डाँगी र क्षितिज पुन रहेका छन् । बैठकले जिल्लाका विभिन्न वडामा वडा समिति गठनका लागि पहलगर्ने निर्णय गरेको छ ।
वडा वडामा रास्वपा अभियान अन्तर्गत भदौ १७ गते वडा भेला गर्ने, भदौ ३१ गते अभिले खीकरण प्रमाणित गर्ने, असोज १ देखि २० गते सम्मउ मेदवारी आह्वान गर्ने, असोज २१ देखि कार्तिक ९ गते सम्म उमेदवारहरुको नामावली प्रकाश नगर्ने, कार्तिक १० देखि १५ गते सम्मनिर्वाचनअन्तर्गत मतदा नगर्ने र कार्तिक १८ गते निर्वाचन परिणाम घोषणा गर्ने केन्द्रिय कार्य तालिका रहेको छ । जिल्लामा पार्टीको गतिविधिलाई तीव्रता दिने जिल्ला संयोजक रमेश थापा क्षेत्रीले बताका छन् ।
थापाले भन्ने “रोल्पामा पनि रास्वपाको सांगठनिक गतिविधिलाई तीव्रता दिन लागि परेका छौं । पछिल्लो समय जिल्लामा रास्वपाको सदस्यता लिने क्रम बढ्दै गएको छ ।” पुराना पार्टीबाट जनता आजित भई सकेकाले अबको एक मात्र विकल्प भनेकै रास्वपा भएको संयोजक थापाले दावी गरे ।
विगतमामा ओवादीको आधार इलाकाको रुपमा चिनिएको रोल्पालाई अब रास्वपाको गढको रुपमा चिनाउनु पर्ने समय आएको रास्वपाका जिल्ला सचिव बालाराम डाँगीले बताए । डाँगीले भन्ने “विगतमा रोल्पामा ओवादीको उद्गम स्थल, आधार इलाकाको रुपमा चिनिन्थ्यो । अब हामी रोल्पालाई रास्वपाको गढको रुपमा चिनाउन चाहान्छौं ।”