आज देशभर थपिए १ हजार १११ संक्रमित

११ भदौकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस