१०भदौ, कपिलवस्तु । नेपाल विद्यार्थी संघ कपिलवस्तुको अध्यक्षमा चन्द्रकान्त पोखरेललाई तोकिएको छ ।
३ महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी पोखरेललाई केद्रीय अध्यक्ष दुजाङ शेर्पाले कपिलवस्तु जिल्लाको अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
पोखरेलको मनोनयले संगठन गतिशिल हुनुका साथै नेविसंघले थप उचाई प्राप्त गर्ने विश्वस शेर्पाले लिएका छन् ।
विद्यार्थीको अधिकारका लागि थप सशक्त भएर लाग्ने प्रतिवद्धता पोखरेलले जनाए ।
प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार