नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

११भदौ काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको नेकपाका एक नेताले जानकारी दिइ । शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस