
१२ भदौ, काठमाडौँ । आज उपत्यकामा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४१५ जनामा कोरोना पुष्टि भएको हो ।
आज काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना कोरोना संक्रमित देखिएको मन्त्रलालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार