विश्वमा कोरोना संक्रमितको संख्या करोड ४३ लाख

१३ भदौ, काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ४३ लाख नजिक पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४२ लाख ९९ हजार ९२३ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख २७ हजार ७३० को मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस