आज काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना पुष्टि

१३भदौ, काठमाडौँ । काठमाडौं उपत्यकामा आज थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा यसअघि शुक्रबार ४१५, बिहीबार ३७७, बुधबार ३०१, मंगलबार २३२ र सोमबार २२४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८६ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस