प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

१२भदौ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ।

बैठकमा सांसदहरुले प्रश्न सोध्ने छन् भने प्रधानमन्त्री प्रचण्डले प्रश्नको उत्तर दिनेछन्।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस