
१४ भदौ,काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४७२ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।
संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५२० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५३५ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार