१४ भदौ, सल्यान । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर—१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।

दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरी सल्यानले बताएको छ।

अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।