विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख ३८ हजार

१५भदौ, काठमाडौं । विश्वामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु् हुनेको संख्या ८ लाख ३८ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ३८ हजार ९२४ संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ४८ लाख ५४ हजार १४० पुगेको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस