१५ भदौ, रोल्पा । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको शव फेला परेको छ ।

धारिलो हतियारले काटेको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए ।

हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शव हालसम्म घटनमास्थलमै छ । घटनाको अनुसन्धानका लागि कोहलपुरवाट तालिम प्राप्त कुकुरसमेत बोलाइएको प्रहरीको भनाइ छ ।