आज भदौ १६ गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहो दैनिक राशिफल

मेषः कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ।

बृषःआदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । सन्तान सुख मिल्ने छ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिने छ । बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आत्म–विश्वास बढ्नेछ ।

मिथुनः आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । व्यापारमा सफलता मिल्ने छ । बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ।

कर्कटः आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,गुप्त रोगले सताउने छ,आर्थिक समस्या पर्ने छ।

सिहंः आज स्वादिष्ट भोजन पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्ने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

कन्याः आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्ने छ । मंगल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्ने छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

तुलाः वाणीमा लगाम लगाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइने छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । छटपटी बढ्नाले मन कमजोर रहला । आफन्तको विश्वास पर्दा धोका हुनेछ,किनमेल गर्दा सजग रहनु होला,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ।

बृश्चिकः आज रोकिएका काम पुनः शुरु हुन सक्छन् । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,सानातिना कामको झमेला आउनसक्छ।

धनुः दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दिनको उत्तरार्ध सुखद् रहने छ । आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,पारीवारिक सहयोग बढ्ने छ ।

मकरः धुम्रपान र मद्यपानबाट टाडै रहनु होला । गरेको कार्यमा बाधा आउने छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,काम गर्दा अपमानित हुनुपर्ला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ।

कुम्भः वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कर्यको योजनले गति पाउने छ । स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ।

मीनः आज विशिष्ट व्यक्तिको सहयोग पाइने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्ने छ । आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस