मंगलबारका दिन गणेशसँगसँगै भगवान हनुमानको पनि पूजा गर्नुहोस, मिल्छ संकटबाट मुक्ति

मंगलबारका दिन भगवान गणेशसँगसँगै भगवान हनुमानको पनि पूजा हुने गर्दछ।

हिन्दू शास्त्रका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ।

त्यसैले यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ।

मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ?

मंगलबार बिहान राम मन्दिर जानुहोस् । मंगलबार हनुमानको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ।

मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । यसो गर्दा बच्चामा सुत्दा डराउने समस्या हटेर जाने गर्दछ।

एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकारात्मक उर्जा समाप्त गर्ने काम गर्दछ।

मंगलबार बेलुका हनुमानलाई गुलाब चढाउनुहोस् । यसो गर्दा जीवनमा रहेका समस्या समाधान हुन्छन।

मंगलबार रामस्तोत्र पढ्ने गर्नुहोस् । जसले शुभ कामको थालनी गर्दा लाभ प्राप्त हुने वातावरण निर्माण गर्छ ।

मंगलबार शुद्ध ध्यु वा तेलको बत्ती बालेर मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसो गर्दा तपाईको मनकामना पूर्ण हुनेछ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस