फाइल फाेटाे
१६भदौ, काठमाडौँ। भारतमा थप ४३ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख १० हजार ८९२ पुगेको छ ।
भारतमा ३ लाख ८५ हजार ५१६ जना संक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ४६२ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५४ पुगेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार


