थप २,०५२ जनामा कोरोना संक्रमण

१६भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ९३५ वटा नमुनाको परीक्षण गर्दा २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै १० हजार ७७० पुगेको छ ।

त्यस्तै आज ३ हजार ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस