
१५ भदौ, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।
निगममले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो।
यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको जनाएको छ।
प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार