१५ भदौ, सिन्धुपाल्चोक, । नेपाल–चीन सीमानाका तातोपानीबाट आठ वर्षपछि आवतजावत सुरु भएको छ ।
२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पछि पूर्ण रुपमा बन्द रहेको तातोपानी नाकाबाट शुक्रबारदेखि आवतजावत सुरु भएको हो ।
लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले स्वागत गरेर आवतजावतको सुरु गरिएको हो ।
चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट गत १८ वैशाखबाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।
प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार


