१६ भदौ, रोल्पा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिती लिबाङको अध्यक्षमा होमबहादुर पुनको चयन भएका छन् । शुक्रबार रोल्पाको लिबाङ सम्पन्न चौथो अधिवेशले पुनको अध्यक्षतामा नयाँ कार्य समितिलाई सर्वसम्त चयन गरेको हो ।
एसोसिएसनका उपाध्यक्षमा लिलाधर आचार्य, सचिवमा दिनेश आचार्य, सह-सचिवमा बेगम बुढामगर, कोषाध्यक्षमा हिमाल डिसी र सह-कोषाध्यक्षमा रीता घर्तीलाई चयन गरेको छ । भने सदस्यहरुमा कालुराम डाँगी, यामबहादुर गुरुङ र सुकबहादुर रोकालाई चयन गरेको छ ।
प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार