पार्टीको तीन महिने अभियानको उद्घाटन गर्दै प्रचण्डले भने- जनतासँग हामी सुध्रिन चाहन्छौं

१६भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन निर्देशन दिएका छन् ।

शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै पार्टी नेता तथा कार्यकर्तालाई जनतासँग सुध्रन चाहेको बताउन निर्देशन दिएका हुन् ।

उनले अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । तीन महिने अभियानमार्फत कस्तो विचारको विकास र पार्टी निर्माण गर्ने भन्नेमा जनताको भविष्य रहेको बताए ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस