
१८भदौ, रोल्पा । जिल्लाको थबाङ गाउँपालिका वडा नम्बर ३ मिरुल जायमा पहिलो चोटी केन्द्रीय विद्युत लाइन विस्तार गरिएको छ । विद्युत लाइन विस्तारबाट करिब ७५ घरधुरी लाभान्वित भएका छन् । गाउँमा विद्युतको केन्द्रीय लाइन विस्तार भए पछि स्थानिय बासीमा खुशीयाली छाएको छ ।
विद्युत लाइन विस्तारको भएसँगै सोमबार कार्यक्रमका बीच उद्घाटन समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव बालाराम डाँगी रहेका थिए । रास्वपाका जिल्ला सचिव डाँगीले आफूहरुको निरन्तरको प्रयासले गाउँमा केन्द्रिय विद्युत लाइन आई पुगेको बताए ।
डाँगीले भने “गाउँमा केन्द्रीय विद्युत लाइन हुनु पर्छ भन्ने हाम्रो उहिल्यै देखिको चाहाना र माग हो । हामी सबैको अथक प्रयासको बाबजुद आज यो सम्भव भएको छ ।”
कार्यक्रमका विशिष्ट अतिथि नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका फोरमेन सहविर महरा रहेका थिए । विशिष्ट अतिथि महराले स्थानीयलाई विद्युतको भरपुर उपयोग गर्न आग्रह गरे । उनले विद्युत को नियमित आपूर्तिका लागि स्थानीयलाई मर्मत सम्भारमा पनि उत्तिकै ध्यान दिन आग्रह गरे ।
उद्घाटन कार्यक्रमको अध्यक्षता रास्वपाका थबाङ गापा संयोजक अमृत डाँगीले गरेका थिए । भने नारायण डाँगीले स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सञ्चालन गमानसिं डाँगीले गरेका थिए । उद्घाटन कार्यक्रममा स्थानिय बासीको सहभागिता रहेको थियो ।