१८ भदौ, अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा नम्बर ९ का बर्ष २० का मिलन खनाल रहेका छन्। घाइतेहरूको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको बताइएको छ।
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार