गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण

२०भदौ,काठमाडौँ । गण्डकी प्रदेशामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्तिमार्फत थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।

संक्रमित मध्ये कास्कीका २२, लमजुङका १७, बागलुङका ३, स्याङ्जा र नवलपरासी पूर्वका १÷१ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस