रोल्पा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

फाइल फाेटाे

२१भदौ, रोल्पा । रोल्पाको रोल्पा नगरपालिकका १० धबाङमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षका कारण आज राती २ बजे घरमाथीबाट आएको पहिरोले स्थानीय पूर्णबहादुर थापाकाे घर पुर्दा ५ वर्षीय बालक ७० वर्षीय गौरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले बताएका छन् ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली र सशस्त्र प्रहरीकाे टाेलीले उद्धार गरिरहेका छ । पहिरोले थप दुई घरमा क्षती पुराएको प्रहरीले बताएको छ ।

त्यस्तै सुनिलस्मृति -४ सुलिचाैरमा पार्किङ गरेर राखेको राेल्पा सनलाइट ईङगलिस बाेर्डिङ स्कुलको रा १ ख २०६८ नम्बरको बस पनि फगाम खाेलाले बताएकाे  सुनिलस्मृति वडा नम्बर ४ का वडा अध्यक्ष गन्जबहादुर क्षेत्रीले बताएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस