आज भदौ २२ गते सोमबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहो दैनिक राशिफल

२०७७, भदौ २२ गते सोमबार

मेषः दिन भाग्योदयकारक छ । उच्चस्तरीय व्यक्तिहरुसँग भेटघाट हुनेछ । उपयुक्त अवसर मिल्नेछ पढाइ लेखाइ हुनेछ ।

वृषः दिन प्रतिकूल छ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । खर्चमा वृद्धि हुनेछ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ ।

मिथुनः दिन उत्तम छ । आम्दानीका विभिन्न बाटाहरू खुल्नेछन् । निर्णय क्षमता बढ्नेछ । बौद्धिक क्षेत्रको काम गरिनेछ ।

कर्कटः दिन सार्थक छ । नयाँ कामको अवसर मिल्नेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान पाइनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।

सिंहः दिन मध्यम खालको छ । आध्यात्मिक क्षेत्रमा त्यति मन जाने देखिदैन । कार्य प्रगतिमा ढीलासुस्ती हुन सक्छ । शरीर कमजोर रहनेछ ।

कन्याः दिन प्रतिकूल छ । व्यवहारिक तथा आर्थिक समस्याले पिरोल्नसक्नेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ ।

तुलाः दिन अत्युत्तम छ । वैदेशिक यात्राको योग छ । सन्तान सुख मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

वृश्चिकः दिन उत्तम छ । आँटे ताकेको काम सजिलै सम्पन्न हुनेछ । शुभ समाचार सुनिनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

धनुः दिन मध्यम छ । कडा प्रतिस्पर्धा गरिनेछ । मनमा चिन्ता बढ्न सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बुद्धिमानी हुनेछ ।

मकरः दिन प्रतिकूल छ । मन डराउनसक्नेछ । काम गर्ने वातावरण सहज देखिदैन । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

कुम्भः दिन उत्तम छ । अचानक धन आइलाग्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मीनः दिन मध्यम छ । वाक्शक्ति र अर्थशक्ति कमजोर रहनेछ । खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबड हुन सक्छ ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस