२२भदौ, पाल्पा । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पाल्पा अस्पताल सिल गरिएको छ ।
उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको अस्पतालका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिए ।
अस्पतालका अनुसार अघिल्लो हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएका तानसेन नगरपालिका वडानम्बर ११ बस्ने ८२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको को हो ।
अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ ।