
२२भदौ,काठमाडौँ । काठमाडौं उपत्यकामा आज थप ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२६ जनामा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार