२२ भदौ, रोल्पा । नेकपा (एमाले)बाट निर्वाचित रोल्पाका ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

निर्वाचन आयोगले सनाखतका लागि दिएको अन्तिम दिन मंगलबार रोल्पाको त्रिवेणी गाउँपालिकाका, गाउँ कार्यापालिका सदस्य गीता नेपाली, माडी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्यहरु तुलबहादुर खत्री, कर्णबहादुर पुन, खीरमाली डाँगी र वीजमाली विकले एकीकृत समाजवादी रोजेका हुन् ।