
२०७७, भदौ २३ गते मंगलबार
मेषः दिन मध्यम खालको रहनेछ । आर्थिक र मौखिक पक्ष कमजोर रहन सक्छ । स्वास्थ्यप्रति पनि निकै सावधान रहनु पर्नेछ । खानपानमा विशेष ध्यान दिनु पर्नेछ ।
वृषः दिन भाग्यवर्धक रहनेछ । आँटेको काम सजिलै सम्पन्न हुनेछ । पारमार्थिक कार्यमा संलग्न भइनेछ । स्वास्थ्य सबल रहनेछ ।
मिथुनः दिन प्रतिकूल रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । अरूबाट सहयोगको आशा छैन । खर्चमा वृद्धि हुनेछ ।
कर्कटः दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
सिंहः दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ उत्कृष्ट मान सम्मान पाइनेछ ।
कन्याः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि घट्नेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ कडा प्रतिस्पर्धा गरिनेछ ।
तुलाः दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
वृश्चिकः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ ।
धनुः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूृर्ण काम हात लाग्नेछ ।
मकरः दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्यप्रति सावधान रहनु बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ ।
कुम्भः दिन प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बेस हुनेछ ।
मीनः दिन उत्तम रहनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । सामाजिक कामको उचित मूल्याङ्गन हुनेछ । यश, कीर्ति मिल्नेछ ।