भारतमा एकै दिन थपिए ९० हजार ८०२ संक्रमित

२३भदौ,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९० हजार ८०२ कोरोना संक्रमित थपिएका छन् ।  योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार १६ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म भारतमा ७१ हजार ६४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस