कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ९४ हजार

२५भदौ, काठमाडौं । विश्वका कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९४ हजार ९८३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ८३८ संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस