कांग्रेस रोल्पाका पूर्वसभापति र वर्तमान सचिव वडाबाटै पराजित

२५भदौ, रोल्पा । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा रोल्पामा  जिल्लास्तरका नेता क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।

कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत जिल्लाको ७२ वडा मध्ये ६६ वडामा सर्वसहमतिबाटै प्रतिनिधि चयन भएका छन्  । भने बाँकी वडामा भदौँ २३ गते मतदान भएकाे थियाे ।  मतदान भएका वडामा कतिपय जिल्लास्तरका नेता क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।

कांग्रेसको उपल्लो पदमा लड्न वडाबाट क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने व्यवस्था छ ।

रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँबाट काँग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्ती पराजित भएका छन् । ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका घर्ती ०५९ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको काँग्रेस (प्रजातान्त्रिक) रोल्पाको जिल्ला सभापति भएका थिए।

काँग्रेस प्रजातान्त्रि र काँगेस वीच एकिकृत भएपछि काँग्रेस रोल्पाको सभापतिमा घर्ती नै चयन भएका थिए । पूर्व गाविस अध्यक्ष समेत रहेका घर्ती काँगेसको १२ औँ महाधिवेशनमा अमरसिंह पुनलाई पराजित गरी विजय भएका थिए ।

देउवा पक्षका नेता घर्ती काँग्रेसकाे १३ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदार दिएन् । १४ औँ महाधिवेशनका लागि वडा स्तरको क्षेत्री प्रतिनिधीमा उम्मेदावार दिएका घर्ती वडामै पराजित भएका हुन् । घर्ती नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका केन्द्रिय सदस्यका दावेदार सम्मेत रहेका थिए ।

नेपाली काँग्रेसका वर्तमान सचिव मोहन परियार पनि पराजित भएका छन् । परियार जिल्ला पदाधिकारीका दावेदार थिए ।

त्यस्तै नेपाल तरुण दल रोल्पाका उपाध्यक्ष पशुपति घर्ती पनि क्षेत्रीय प्रतिनिधीमा पराजित भएका छन् ।

जिल्ला स्तरका नेताहरु वडा तहमै पराजित हुनु दुख्द भएको नेपाल विद्यार्थी संघ रोल्पाका जिल्ला सभापति शेरबहादुर थापाले बताएका छन् ।

रोल्पामा काँग्रेसले ७१ वडामा वडा अधिवेशन सम्पन्न गरेको छन् । भने रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ झेनाममा आज निर्वाचन भई रहेको छ । क्रियाशिल सदस्य विवादका कारण उक्त वडामा वडा अधिवेशन हुन ढिलो भएको काँगेस रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस