
२५भदौ, रोल्पा । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा रोल्पामा जिल्लास्तरका नेता क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।
कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत जिल्लाको ७२ वडा मध्ये ६६ वडामा सर्वसहमतिबाटै प्रतिनिधि चयन भएका छन् । भने बाँकी वडामा भदौँ २३ गते मतदान भएको थियो । मतदान भएका वडामा कतिपय जिल्लास्तरका नेता क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।
कांग्रेसको उपल्लो पदमा लड्न वडाबाट क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने व्यवस्था छ ।
रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँबाट काँग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्ती पराजित भएका छन् । ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका घर्ती ०५९ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको काँग्रेस ९प्रजातान्त्रिक० रोल्पाको जिल्ला सभापति भएका थिए।काँग्रेस प्रजातान्त्रि र काँगेस वीच एकिकृत भएपछि काँग्रेस रोल्पाको सभापतिमा घर्ती नै चयन भएका थिए । पूर्व गाविस अध्यक्ष समेत रहेका घर्ती काँगेसको १२ औँ महाधिवेशनमा अमरसिंह पुनलाई पराजित गरी विजय भएका थिए ।
देउवा पक्षका नेता घर्ती काँग्रेसको १३ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदार दिएन् । १४ औँ महाधिवेशनका लागि वडा स्तरको क्षेत्री प्रतिनिधीमा उम्मेदावार दिएका घर्ती वडामै पराजित भएका हुन् । घर्ती नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका केन्द्रिय सदस्यका दावेदार सम्मेत रहेका थिए ।नेपाली काँग्रेसका वर्तमान सचिव मोहन परियार पनि पराजित भएका छन् । परियार जिल्ला पदाधिकारीका दावेदार थिए ।
त्यस्तै नेपाल तरुण दल रोल्पाका उपाध्यक्ष पशुपति घर्ती पनि क्षेत्रीय प्रतिनिधीमा पराजित भएका छन् ।जिल्ला स्तरका नेताहरु वडा तहमै पराजित हुनु दुख्द भएको नेपाल विद्यार्थी संघ रोल्पाका जिल्ला सभापति शेरबहादुर थापाले बताएका छन् ।रोल्पामा काँग्रेसले ७१ वडामा वडा अधिवेशन सम्पन्न गरेको छन् । भने रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ झेनाममा आज निर्वाचन भई रहेको छ । क्रियाशिल सदस्य विवादका कारण उक्त वडामा वडा अधिवेशन हुन ढिलो भएको काँगेस रोल्पाले जनाएको छ ।