आज भदौ २६ गते शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ भदौ २६ गते शुक्रबार

मेषः आज नयाँ कार्य, रोजगार वा नयाँ कामको अवसर मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

वृषः आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मिथुनः रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा रचल्नेछ । वैदेशिक कार्यपनि अघी बढ्नेछ ।

कर्कटः आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

सिंहः आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।

कन्याः आज धर्म, कर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । नयाँ कामको थालनी हुनेछ ।

तुलाः अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्धपनि राम्रो हुनेछ ।

वृश्चिकः नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनुः धार्मिक आस्था बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

मकरः विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफनतले सहयोग गर्नेछन् ।

कुम्भः आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

मीनः आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस