नेविसंघ रोल्पाले किसानसँग विद्यार्थी शिविर सञ्चालन गर्ने

२५ भदौ, रोल्पा । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रोल्पाले किसानसँग विद्यार्थी कार्यक्रम सञ्चालन गर्ने भएको छ । लिबाङस्थित सुशिल कोइराला स्मृति भवनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले किसानसँग विद्यार्थी कार्यक्रम अवधाराणा अनुसार रोल्पाका ५ वटा वडामा निशुल्क माटो परिक्षण तथा अनुसन्धान शिविर सञ्चालन गर्ने, रोल्पाका सबै स्थानीय तहमा पालिका संयोजक घोषण गर्ने, विद्यार्थी, व्यवसायी र जनतासँग प्रत्यक्ष सरोकार राख्ने बहुआयामिक कार्यक्रमहरू सन्चालन गर्ने निर्णय गरेको नेविसंघ रोल्पका सभापति अनुपम जिसीले बताएका छन् ।

त्यसै गरी रोल्पाका सबै माध्यामिक विद्यालयमा संगठन गठन गर्ने लगायतका निर्णय गरेको सभापति जिसीले बताएका छन् । नेविसंघले आफ्नो निति, कार्यक्रम तथा सैद्धान्तिक दृष्टिकोण बारे सबैलाई सुसूचित गराउने उद्देश्यले सुर्यप्रकाश बुढा प्रेस सल्लाहकार मनोनीत समेत गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस