
२७ भदौ, रोल्पा। रोल्पाको लुङग्री गाउँपालिका १ पाँङ ऐपेमा गएराति पहिरोले घर पुर्दा दुई बालकको मृत्यु भएको छ । अबिरल बर्षातका कारण घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिदा स्थानीय ज्ञानसिंह घर्तीमगरका ११ बर्षिय छोरा युबराज घर्ती र ८ बर्षिय छोरा अमर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हजुरबुवा, हजुरआमा र आमा सहित पाँच जना सुतेका मध्ये ३ जनाको अबस्था सामान्य रहेको छ । मृतक बालकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले जानकारी दिनुभयो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरिक्षक सहदेब डाँगि सहितको टोली घटनामा पुगी उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो । अन्य क्षतिको बिबरण आउन बाकि छ ।
प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार