शिक्षण अस्पताल पुगे प्रधानमन्त्री, सभामुख र ओली

२६भदौ,काठमाडौँ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका छन्।

काठमाडौँको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजादैगर्दा नेम्वाङको निधन भएको स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिएका छन्।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। चिकित्सकहरूले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ।

संविधान लेखनमा अतुलनीय योगदान पुर्‍याएका संविधानसभाका अध्यक्ष नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

दुईपटक संविधानसभाको अध्यक्ष र पाँचपटक सभामुख भएका नेम्वाङ हाल एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत हुन्।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस