
फाइल तस्विर
२६ भदौ, काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । नेम्वाङको निधनको शोकमा विहिबार सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र ती कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार