२०७७ भदौ २८ गते देखी असोज ३ गतेसम्मको साप्ताहिक राशिफल

मेषः सामाजिक कार्यमा अग्रसरता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन । पूराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । मोरञ्जनका साधन खरीदको उत्तम योग रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।

बृषः अधिक आत्मबिश्वासका कारण मनमा घमण्ड उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । यात्रामा भने सामान्य झमेला रहनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनाले मन प्रशन्न रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्नका निम्ती उत्तम समय रहेकोछ । मंगल बार पश्चात भने भौतिक साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । पारीवारका सदस्यहरुमा कसैको स्वास्थमा तनाब देखा पर्नेछ ।

मिथुनः साताको प्रारम्भमा दिर्घकालिन आम्दानिका निम्ती सामान्य लगानि गर्नु पर्ने समय रहेकोछ । बाणीमा मधुरता छाउनाले रुष्टब्यतिहरु लाई समेत नजिक ल्याउन सफल रहिनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ । साथिभाईहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा सभासम्मेलनमा सरीक रहने अवसर प्राप्त रहनेछ ।

कर्कटः मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन सम्लग्न रहने समय रहेकोछ । बाणी तथा कला र्कौशलका क्षेत्रबाट आफन्तजनहरु लाई मोहित तुल्याउन सकिनेछ ।

सिंहः सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरुले धोका दिनाले साजेदारीकार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । भोगबिलाशिताको सरसामान खरिदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । मगंलबार प्रश्चातभने मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ ब्यापार ब्यवसायमा लगानी लगाउन समयले साथदिनेछ ।

कन्याः कला कौशलका क्षेत्रबाट आम्दानि प्राप्त रहनेछ । कार्य क्षेत्रमा मानसम्मान प्राप्तीको योग रहनेछ । अध्यन अध्यापनका निम्ती समय मध्यम रहनेछ । नयाँ कार्यहरु पनि प्रारम्भहुनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने अनावश्यक खर्चका कारण मनमा सामान्य चिन्ताले सताउनेछ । परीवारका सदस्यहरु सगँ सामान्य मनमुटाब रहन सक्ने सम्भाबना रहेकोछ ।

तुलाः गरीरहेको कार्यमा अधिक समय खर्चनु पर्नेछ । सामाजिक कार्यका क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ने हुदा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको साथ सहयोगमा दिर्घकालिन आम्दानिका मार्ग तयार गर्ने अवसार प्राप्त रहनेछ ।

बृश्चिकः सामाजीक कार्यमा जुट्ने उत्तमसमय रहकोछ । रोकिएर रहेका कार्यहरु सम्पादन गर्न बिषेश समय रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।स्थीर क्षेत्रमा लगाइएको लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ ।

धनुः साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुनेछ । आफन्तजनहरु सगँ बादबिवादको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । सम्पादित कार्यको उत्तम श्रेय प्राप्तहुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरु सगँको भेटघाटले उत्साहा दिलाउनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

मकरः भौतिक साधनको प्रयोगमा समय ब्यतित रहेनछ । पारीवारिक सम्बन्धमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । सामान्य अप्रिय खबरले मनलाई चन्चल तुल्याउन सक्नेछ । आत्मसम्मानमा ठेस पुग्नसक्ने सम्भाबना रहेकोछ । बिद्यार्थी वर्गका निम्ती समय सामान्य कठिन रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ ।

कुम्भः सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । मनोबिलासिताका साधनको खरीदमा सामान्य खर्चको सम्भबना रहेकोछ । नयाँ लगानिका साथमा थालिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । शारीरिक आलस्यताले कार्यक्षेत्रमा सामान्य ढिलाईको सामना गर्नुपर्ला । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश साबधानि अपनाउनु उत्तम रहनेछ ।

मीनः यो साता गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगमा नयाँ कार्य थालनिको योग बन्नेछ । कला कौशलको प्रयोगले हरकसैलाईृ मोहित तुल्याउन सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्दा सामान्य मान सम्मान समेत प्राप्त रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस