सिन्धुपाल्चोकमा फेरि पहिरो १८ घर पुरिए

फाइल फाेटाे

२८ भदौ,काठमाडौं, सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १८ घर पुरिएका छन् ।

बाह्रविसे नगरपालिका– ७ घुम्थाङको नागपुजेमा गएराति गएको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका हुन् ।

नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता भएका स्थानीय शिक्षक बजीर भण्डारीले बताए ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस