थप ११७० जनामा कोरोना संक्रमण पुष्टि

२९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरको विभिन्न प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस