भारतमा कोरोना संक्रमितको संख्या साढे ४९ लाख नाघ्यो

३० भदौ, काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४९ लाख नाघेको छ ।

मंगलबार बिहानसम्म भारतमा ८१ हजार ९११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ लाख २६ हजार ९१४ पुगेको छ ।

संक्रमितमध्ये ३८ लाख ५६ हजार २१४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८६० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार ८०८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस