३० भदाै, रारा। रारा तालको उकालोमा लहरै उभिएका थरीथरी रङ्ग अनेकौं घोडाहरू। घोडासँगै उभिएका युवकहरूको एक समूह र सवारका लागि आतुर पर्यटकहरू। जो चाँडै रारा पुगी तालसँगै स्पर्श गर्न चाहन्छन्।

जुम्लादेखि मुगुसम्म ९०७८ भदौ २२०को कच्ची सडकमा लामो यात्रा गर्दा थाकेका पर्यटकहरू सवारी थन्काइ रारा राष्ट्रिय निकुञ्जको पहिलो चेकपोस्ट मुनि चिया पिउन थाल्छन्। चिया नसक्दै उनीहरूको छेउ आइपुग्ने युवकको समूहभित्र एक झिल्के युवक पनि भेटिन्छन्।

अरूभन्दा सानो उमेर र लामो कपाल पालेका। अनुहारतिर हेर्‍यो कि मुसुक्क हाँस्ने। झट्ट हेर्दा सबैको रोजाइँमा पर्छन् र गफिन थाल्छन्, हो उनै हुन नरेन्द्र भाम। सेतो रङ्गको ुलक्कीु घोडा कुदाउने १४ वर्षे नरेन्द्रका अनेकौं रोचक किस्सा छन्।

उनी बिहानै उठ्छन्। एकमुठ्ठी सातू मुखमा हाल्छन र अर्को दुई मुठ्ठी गोजीमा। एकपटक घोडाको राम्रोसित रेखरेख गर्छन् अनि उकालो बाटो लाग्छन्। जहाँ रारा जाने उनका दर्जनौं साथीहरू बाटैभर भेटिन्छन्।

गाउँ छेउको विद्यालयमा कक्षा सातमा पढ्ने विद्यार्थी हुन्, उनी। कोरोना महामारीले स्कुल बन्द भएपछि उनी आफ्नो लक्किसँग रारा वरिपरि धाउन थालेको डेढ वर्ष भैसक्यो। निकुञ्जको पहिलो चेक पोस्टबाट सुरू हुने उकालो यात्रा उनै नरेन्द्रका लक्कीहरूले सरल र सहज बनाइदिन्छन्।

कष्टकर यात्राले थाकेका पर्यटकहरू घोडा सवार भई झण्डै ४५ मिनेटपछि रारा किनार पुग्छन्। रारा पुग्न उत्साहित विदेशी तथा नेपाली पर्यटनहरू रारा राष्ट्रिय निकुञ्जस्थित सैनिक अड्डा नजिकै सवारी साधन रोक्न बाध्य हुन्छन्। ताल किनारसम्म सडक पुगे पनि भरपर्दो छैन।

हिलो र धुलोले भरिएका खाल्डा(खुल्डी अझ् बर्षादको समयमा कुरै नगरौँ। रारा तालको किनारसम्म कच्ची सडक पुगेता पनि तलै सवारीसाधन राख्नु उपयुक्त रहेको जुम्लाबाट घुम्न आएका भवानीप्रसाद पाण्डे बताउँछन्।

उनी भन्छन्, ‘माथिल्ला चौड जङ्गल छ। त्यहाँ गाडी-बाइक छाड्दा तोडफोर हुने डर हुन्छ। आर्मी पनि छ, यहाँ सुरक्षित छ। बाइक यतै राखेर एकछिन घोडासवार गर्नु नै राम्रो।’

मुगुस्थित छायानाथ, झर्‍यारी गाउँका नरेन्द्रको सानो परिवार छ। माता पितासहित एकजना दाजु पनि छन्। स्कुल बिदाको मौका छोपी दिनहुँ घोडाको हेरचाहमा जुटेका उनी केहि दिनपछि पढ्न कक्षाकोठा पुग्ने बताउँछन्। नरेन्द्रको गोठमा घोडासहित २२ भेडा पनि छन्। उनी घोडा र दाजु भेडाको हेरचाह गर्छन्।

यहाँका स्थानीय केटाहरू आ–आफ्नो घोडा लिएर रारा चेकपोस्ट छेउमा पुन्छन् र पर्यटकहरूलाई लोभ्याउछन्। गाउँलेहरू घर-घरमा घोडा पाल्छन्। छायानाथ क्षेत्रमा प्रायः यो चलन छ। तर नरेन्द्रको तीन वर्ष अघिसम्म घोडा थिएन।

साथीभाइहरूको घोडा देखेर खुब् रमाउथे, नरेन्द्र। उनले भने, ‘सबैका घोडा छिया, हाम्मो छियोन। मोइले बाकन घोडा किन्देउ भुन्या।’ एकदिन उनका बाले घोडा किन्न गरेको आग्रह अनुसार पैसा जम्मा गर्न लागेको सुनाएपछि नरेन्द्रको खुट्टा भुइँमै रहेन।

तीन वर्षअघि दसैंताका पिताले ६० हजारमा घोडा किनिदिए र उनले घोडाको नाम ‘लक्की’ राखे। अनि उनको दैनिकि शुरु भयो। लक्कीलाई नचाउने काम।

डेढ वर्षयता कोरोना त्राशले लामो बन्दाबन्दी हुँदा रारा पुग्ने पर्यटकको संख्यामा कमि आएको छ। बन्दाबन्दी पछिको आम्दानीले नरेन्द्रसहित घोडासवार गराउने उनका साथीहरू समेत सन्तुष्ट छैनन्।

रारा सिजनमा दिनहुँ आठ हजारसम्म कमाएको घोडासँगै ताल किनारमा भेटिएका आनन्द रावल बताउँछन्। ‘पोर (पोहर) परार जो यो साल गतिलो नाइ। कोरोना भाइरस नआयाको भया त मस्तै कमाइ हुन्या छियो,’ उनी थप्छन्।

पहिलेको तुलनामा नरेन्द्र आजभोलि थोरै पैसा कमाउँछन्। तर उनी खर्च नगरीकनै बाको हातमा दिन्छन्।

दिनमा सात हजारसम्म आम्दानी गरेका उनी अहिले दिनमा १५ सय, दुई हजार मात्रै जम्मा गर्छन्। घोडामार्फत् रारा र मुर्म डाँडासम्म पर्यटक डुलाएरै डेढ लाख बढी रुपैयाँ जम्मा गरेको नरेन्द्रले सुनाए। उनले भने, ‘मोइले कुमाया सबै रुपियाँ बाकन दिन्छु।’

रारामा घोडासवार व्यवस्थित बनाउन स्थानीयहरूले समिति समेत बनाएका छन् अहिले। समितिले सञ्चालन गरेको स्थानबाट उनीहरूले टिकट किन्छन् र घोडा यात्रा थाल्छन्।

‘अहिले स्कुल पुनि खोल्याको नाई। घर केहि काम नाइ। त्यसै क्यागरी बस्नु। छकालै न्या आइजान्छु। पुइसा पुनि कमाइ हुन्या, घोडा खेल्ल पुनि पाइन्या,ु उनी भन्छन्, ुमेरो लक्की एल्कै जानैन। अरु घाडाका पछिपछि हँड्डोछ। माइम्मरी सोझो छ। भुन्याको मान्नोछ।’

आजकाल रारामा पर्यटकको अभाव हुँदा घोडाहरू निकुञ्जको तल्लो चौरमा खेलिरहेका भेटिन्छन्। प्रकृतिक रुपमा मनोरम र रमणीय राराक्षेत्र घुम्दा पर्यटकहरू तत्कालीन राजा महेन्द्रले झैँ स्वर्गकी अप्सराको रुपमा चित्रण गर्छन्। जहाँ घोडामा चढेर मानिसहरू कोषौँ ढाटासम्म पुग्छन् र मजैले रमाउँछन्। र, यहीँ भीडमा घोडा तान्दै गर्दा भेटिन्छन्, उनै नरेन्द्र।

सन् २०२० ताका राजा महेन्द्र मुगु भ्रमण जाँदा रारा ताललाई ‘स्वर्गकी अप्सरा’को उपमा दिएको इतिहासमा उल्लेख छ। राराको छेउमा पुग्ने जोकोहिको मनमा उमंग र उत्साह नछाउने कुरै छैन।

‘आन्तरिक पर्यटकहरू फाट्टफुट्ट देखिन थालेको’  जुम्ला-मुगु सीमाक्षेत्र भुल्भुलेस्थित रमिता होटलकी सञ्चालक रमिता भण्डारीले बताइन्। तर यो राराको सिजन भने होइन।

प्रायःजसो पर्यटकहरू सिंजा, भुल्भुले हुँदै रारा छायानाथसम्म पुग्ने गर्छन्। कोरोना त्राश सकिएपछि स्कुल खुल्ने छ। नरेन्द्र जस्ता दर्जनौं बालबालिकाहरू कक्षाकोठा पुगेलगतै पिता धनबहादुर भामहरूले नै लक्की हाक्नेछन्।

र, नरेन्द्र अन्तिममा भन्छन्, ‘शनिबार त स्कुल छुट्टी हुन्छ। बा न बिदा दिइकन मो आउन्यौं अनि रारा आयाका ठाउँठाउँका मान्ठ घुमाउन्या हुँ।’