३०भदौ, रोल्पा । नेकपा (एमाले) परिवर्तन गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा प्रदिप डाँगी चयन भएका छन् । विहिबार बसेको एमाले परिवर्तन गाउँकमिटीको बैठकले डाँगीलाई अध्यक्षमा चयन गरेको हो ।

एमालेका तत्कालिन परिवर्तन गाउँ कमिटी अध्यक्ष लोकेन्द्र घर्तिमगर एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यमा मनोनित भएसँगै डाँगीलाई उक्त पद चयन गरेको हो ।

शिक्षाशास्त्र स्नातक हाँसिल गरेका डाँगी पछिल्लो समय राजनीतिमा संक्रिय छन् ।

गाउँ कमिटी अध्यक्षमा चयन भएसँगै डाँगीले विभिन्न जनवर्गीय संगठनहरुलाई संक्रिय बनाउँदै पार्टी संगठनलाई समेत थप मजबुत बनाउने बताएका छन् ।