संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक : मुख्यमन्त्री चौधरी 

२९ भदौ, दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक भएको बताएका छन् । दाङको भालुबाङमा शुक्रवार गाउँपालिका महासङ्घले आयोजना गरेको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । 

उनले भने, संघीयताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकार अधिकार सम्पन्न हुनु पर्ने हाे। तर संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई पूर्ण अधिकार नदिदा संघीयता कार्यान्वयनमा समस्या भएकाे छ । 

प्रदेश  र स्थानीय सरकारलाई संघीय सरकारले तत्काल  अधिकार सम्पन्न गराउनु पर्ने उनले बताए। संघीय सरकारले तल्लो तहमा अधिकार नदिदा कार्य सम्पादनमा समस्या भइरहेको र त्यसको असर संघीयताको कार्यान्वयनमा पुगेको बताए । 

संघीय सरकारको कारण संघीयता आलोचित भई रहेको छ, मुख्यमन्त्री चौधरीले भने,‘ प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुन सक्ने बताए। 

स्थानीय र प्रदेश सरकारले साना योजना भन्दा पनि देखिने प्रभावकारी योजनाहरु निर्माण गर्नु पर्ने बताउँदै मुख्यमन्त्री चाैधरीले सबै योजनाहरु आर्थिक समृद्धिसँग जोडेर जान सकेमा जनताको आयस्तर समेत बढेर जाने बताएका छन्।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस