आज भदौ ३१ गते बुधबार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७, भाद्र ३१ गते बुधबार

मेषः दिन मध्यम खालको रहनेछ । मनमा चिन्ता पर्न सक्नेछ । स्वास्थ्यमा शीर पीडा हुन सक्नेछ । धैर्य गर्नु निकै बेस हुनेछ ।

वृषः दिन प्रतिकूल रहनेछ । केही भ्रमपूर्ण र गलत निर्णयले मनमा दुविधा पर्न जानेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

मिथुनः दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कर्कटः दिन मध्यम रहनेछ । बोलीवचनमा निकै सावधान रहनु पर्नेछ । खानपानका परिकारमा पनि ध्यान दिनु बेस हुनेछ । आम्दानी घट्नेछ ।

सिंहः दिन भाग्योदयकारक रहनेछ । निकै महत्त्वपूर्ण कार्यव्रmम बन्नेछ । नयाँ कामको अवसर मिल्नेछ । पढाइ लेखाइमा गति थपिनेछ ।

कन्याः दिन नितान्त प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । मुख्य काममा व्यवधान आउन सक्नेछ धैर्य गर्नु निकै बेस हुनेछ ।

तुलाः दिन उत्तम रहनेछ । नवीन आयस्रोत खुल्नेछ । मनमा सन्तोष मिल्नेछ । अरुबाट सहयोग प्राप्त हुनेछ । विद्याबुद्धि बढ्नेछ ।

वृश्चिकः दिन अनुकूल रहनेछ । आटेको कामाम सफलता मिल्नेछ । उत्कृष्ट मानसम्मान तथा पुरस्कार पाइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

धनुः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्र कमजोर रहन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । शरीर पनि अस्वस्थ रहन सक्नेछ ।

मकरः दिन प्रतिकूल रहनेछ । अनावश्यक आडम्बर हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ ।

कुम्भः दिन अत्युत्तम रहनेछ । यात्राको योग रहेको छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट भइनेछ । मनोरञ्जन गरिनेछ ।

मीनः दिन अनुकूल खालको रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस