
३१भदौ, काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा धक्का महसुस भएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्दु रहेको छ ।
बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।
प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार