भोलिदेखि लामो दुरीका गाडी चलाउन तयार भए व्यवसायी र मजदुर

३०भदौ, काठमाडौं । सरकारले नै अनुमति दिने निर्णय गरेपछि यातायात व्यवसायी र मजदुर भोलि (असोज १ गते) देखि लामो दुरीका सवारी साधन चलाउन तयार भएका छन् ।

बुधबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले असोज १ गतेदेखि नै लामो दुरीका सवारीका साधन चलाउने बताएका हुन् ।

त्यसका लागि सरकारले स्वास्थ्य सुरक्षाको स्पष्ट मापदण्ड र कार्यविधि तोकिदिनुपर्ने उनीहरुको माग छ ।

यातायात व्यवसायीले माग गरेअनुसारको कार्यविधि बुधबार साँझसम्म जारी गरिसक्ने जनाइएको छ ।

यातायात व्यवस्था विभागले बुधबार नै कार्यविधि र स्वास्थ्य सुरक्षाका मापदण्डहरु बनाएर सार्वजनिक गर्ने छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज १ गतेदेखि लामो दुरीका सवारीका साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

यातायात व्यवसायीले सिट क्षमताभन्दा आधा मात्रै याधु बोक्न पाउनेछन् । यस्तै, हाल कायम भाडादरभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने पनि सकरारले निर्णय गरेको छ ।

यातायात व्यवसायीहरुले भोलि (असोज १ गते) विश्वकर्मा पूजा गरेर सेवा थाल्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस